दफा ५७
आदेश वा निर्देशन दिन सक्ने
नेपाल सरकार वा तोकिएको निकायले अनुमतिपत्र प्राप्त संस्था वा सेवा प्रणालीलाई खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा आवश्यक आदेश वा निर्देशन दिन सक्नेछ। त्यस्तो आदेश वा निर्देशनको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ।